साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुईजना पक्राउ

काठमाडौं  ।  प्रहरीले दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । 

विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीहरुलाई गएराति पक्राउ गरेको हो । बुटवल घर भएका उनिहरु उनीहरु दुवै जना ११ किलो सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

यसबारे बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी जानकारी गराउने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयाे। 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ९ : १७ बजे