‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 विश्वकै अग्लो स्थानमा धार्सी फल्ने जुम्लाको छुमज्युलोमा रोपाई महोत्सव 

​​​​​​​जुम्ला ।  विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने जुम्लाको पातारासी गाउँपालिका वडा नं. ३ छुमज्युलोमा रोपाई महोत्सव गरिएको छ । मार्सीधानको संरक्षण,उत्पादन वृद्धि तथा किसानलाई मार्सीधान खेतीमा आकर्षित गर्नेमा रोपाई महोत्सव गरिएको हो ।  

कृषि विकास कार्यालयको आयोजनामा छुमज्युलोमा मार्सीधानको संरक्षण,उत्पादन वृद्धि तथा खेतीमा किसानलाई हौस्याउन वर्षेनी रोपाई महोत्सव हुँदै आएको छ । बिहीबार जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा छुमज्युलामै सरोकारवालाले रोपाई महोत्सव मनाएका हुन् । ​​​​​​​

किसानको निष्क्रियताले माग र महत्व बढेपनि पातारासी ३ छुमज्युलोमा मार्सीधान खेती घट्दै गएकाले मार्सीधानको संरक्षण  र खेती विस्तारमा ध्यान दिनु पर्नेमा सरोकारवालाको जोड छ । । खेती गर्ने समय जेठमा अधिकांश महिला पुरुषहरू पाटनतिर जडीबुटी सङ्कलन गर्न जाने र खेतीमा चासो नदिने समस्याले मार्सीधान सँगै अन्य रैथाने बालीको उत्पादन घट्दै गएको हो । 

कर्णालीका ४० पर्यटकीय गन्तव्यभित्र सूचीकृत भएको, विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने छुमज्युलोमा पछिल्लो समय मार्सीधान खेती घट्न थालेपछि खेतीमा किसानको आर्कषण सँगै उत्पादन बढाउन तथा खेती विस्तार गर्न रोपाई महोत्सव गरिँदै आएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । 

मार्सीधानको संरक्षणका लागि कृषि विकास कार्यालयले वर्षेनी महोत्सव गर्नुका साथै आवश्यक मल बिउँ,सिप,प्रविधि लगायतको सहयोग गर्दै आएको छ । 

समुद्री सतहदेखि २ हजार ८५० मिटर उचाइमा अवस्थित छुमचौर ज्युलो विश्वकै अग्लो स्थानमा धान फल्ने एकमात्र क्षेत्र हो । उक्त ज्युलो ३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहाँ एग्रो टुरिजमको प्रचुर सम्भावना रहेको छ । तर खेती प्रति किसानको घट्दो आकर्षणले खेती नै लोप हुने अवस्था पुगेकोले संरक्षणमा जुट्नु पर्ने कार्यालय प्रमुख देवकोटाको भनाई छ । 

करिब ३६ हेक्टरमा फैलिएको छुमज्युलोबाट किसानको निष्क्रियता झण्डै ७० प्रतिशत भाग बँझिँदै छ । हरेक वर्ष हुने रोपाई महोत्सव,जिल्लाका सरोकारवालाको भेला र कृषि कार्यालयको पृष्ठपोषणले मार्सीधान खेती गर्न हौसला मिलेको किसान कलिमान महतारा बताउनुहुन्छ  । छुम ज्युलोमा २०१४ सालदेखि धानखेती सुरु भएको हो । 

पातारासी–३ मा पर्ने छुमगाउँका २६० र हुरी गाउँका १०४ गरी ३६४ घरधुरीका किसानले छुमज्युलो भोगचलन गर्दै आएका छन् ।

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : १५ बजे