साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अराजकता मचाउँदै दुर्गा प्रसाईँ : झापाको दुई बैंकमा गरे तोडफोड

झापा । ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’का नाउँमा ब्यापारी दुर्गा प्रसाईँले फेरि  अराजकता मचाउँन सुरु गरेका छन् ।   यसैबीच बिर्तामोडमा आयोजित प्रसाईँ समर्थित र्‍यालीका समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । सोक्रममा ४ जनालाई नियन्त्रणमा लिइएको छ ।

आज उक्त अभियानको युवा संगठन ‘नागरिक युवा दस्ता’ ले र्‍याली निकालेको थियो । प्रहरीका अनुसार बिर्तामोड(५ को सिटी सेन्टरअगाडिबाट सुरू र्‍याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२र१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

नियन्त्रणमा लिइएकामा बिर्तामोड नगरपालिका ३ का मनकुमार तामाङ, वडा नम्बर ५ का ‘बुलेट’ भन्ने अन्जेश राई, बुद्वशान्ती गाउँपालिका ४ का दीपेश राई र बिर्तामोड ४ का पवन दुलाल छन् ।
 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ५ : ३३ बजे