काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त हुनुभएकाे छ ।
कम्पनीको गत बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरि उहाँलाई सञ्चालकमा नियुक्त गरेको हो ।
कानुनमा विशेषज्ञ अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुनुहुन्छ । उहाँसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।उहाँ पूर्व सञ्चारकर्मी समेत हुनुहुन्छ ।
प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार २ : २५ बजे
प्रतिक्रिया