दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

सुन तोलामा रु आठ सयले घट्यो

काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ । 

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । 

चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । बुधबार तोलामा रु एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु एक हजार छ सय ८५ निर्धारण भएको छ । 
 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ११ : ३३ बजे