साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

हिमालयन गोरालेनलगायतका  दुर्लभ वन्यजन्तुको हड्डीसिहत एक जना पक्राउ

भद्रपुर, झापा । झापामा भारतबाट नेपाल आउँदै गरेका एक नेपाली नागरिक वन्यजन्तुको हड्डीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय डम्बर सापकोटा रहेका छन् । उनको ठेगाना खुलाइएको छैन ।
नेपाल–भारत सीमा नाका पानीटंकी हुँदै काँकरभिट्टा प्रवेश गर्न लागेको अवस्थामा उनलाई भारतीय ४१ औं बटालियन एसएसबीले पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेट डब्लुबी ७४ बिपी ९५६३ नम्बरको गाडीमा सवार उनलाई भारतीय एसएसबीले सीमामा रोकेर सवारी चेकजाँच गरेको थियो । गाडीबाट एसएसबीले ५ वटा मृगको सिङ, मृगको खोपडी, हिमालयन गोरालेनलगायतका  दुर्लभ वन्यजन्तुको हड्डी फेला पारेको थियो ।
एसएसबीले पक्राउ परेका सापकोटालाई आवश्यक कारवाहीका लागि टुकरियाझार वन विभागलाई बुझाएको थाहा भएको छ ।
 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १० : १३ बजे