छठको दोस्रो दिन आज ‘खरना’

राहदानी छाप्न मोसिन ल्याउँदै विभाग 

काठमाडौं ।  राहदानी विभागले इ–पासपोर्ट छाप्न दुई वटा मेसिन ल्याउने भएको छ। विभागले पहिलो चरणमा दुइृवटा मेसिन ल्याउन लागेको हो । 

विभागले मेसिनका लागि आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सेली कम्पनीले दुई करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको जनाएको छ  ।  कम्पनीसँग तीन वटा मेसिन खरीद गर्ने गरी सम्झौता भएको विभागका निर्देशक राजेन्द्र पाण्डेले बताउनुभयो । कम्पनीले सुरुमा दुई वटा मेसिन ल्याएर काम गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार बुकलेट तयारी भइरहेको छ।

बुकलेट तयारी भइसकेपछि मात्र मेसिन निर्माणको काम अगाडि बढाउने छ।  सम्भवतः अबको चार महिनामा काम सुरु हुने विभाग निकट स्रोतले जनाएको छ ।  

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ४ : ४७ बजे