काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशन सुनिल पौडेललाई ९ वर्षको कैद सजाय सुनाएको छ। विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर गरी पौडेललाई ९ वर्ष कैद , २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत गरेकाे हाे ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।
प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार ६ : ३९ बजे
प्रतिक्रिया