दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।

रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा उनी बाटोमै खाल्टे भन्ने ठाउँमा पुगेपछि बिरामी भएका हुन् ।

रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १ : ३४ बजे