‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अछाममा चट्याङ लाग्दा ६ वर्षीय बालकको मृत्यु

काठमाडौं। अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ। 

गएराति हावाहुरीसँगै परेको चट्याङ लागे रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाउको छ। 

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १० : १३ बजे