ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको मृत्यु

पाटन । ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागीमा परि जलेर घाइते भएका ५ जनामध्ये ८ वर्षकी एलिशा गिरी र ५ वर्षकी प्रिया गिरीको उपचारको क्रममा मृत्यु भएको छ ।

किस्ट अस्पतालमा अहिले साँझ ८ बजे मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिष पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बाकी ३ जनाको अस्पतालमा उपचार भैराखेको छ । आगलागीमा तीन बालबालिकासहित पाँच जना घाइते भएका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार आईतबार बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी भएको थियो ।

आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत उहाँका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते हुनुभएको थियो।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : १४ बजे