दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमालेमा फर्किन वामदेव आतुर

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताउनुभएकाे छ ।

नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफू एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिना देखि कुरिरहेको बताउनुभएकाे हाे ।

उहाँले आफूलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउँदै ओलीले नेकपा फुटेको बेला आफू कतै नलागेकोले आफूलाई घाटा लागेको समेत बताउनुभयाे ।

आफूलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै आफूले नेकपा नफुटाएको जिकिर गर्दै आफू त्यति बेला कतै नलागेको स्पष्ट गर्नुभयाे । नेता बामदेवले ओलीकै आगाडी भन्नुभयाे- 'म एमाले आउने तपाईँको खुट्टा तान्न आउने होइन । म तपाईँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाऊ ।'

सोही कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउँदै अहिले यस विषयमा आफूले चर्चा गर्न नचाहेको बताउनुभयाे ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ४ : ४४ बजे