कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो, प्राविधिक परीक्षण हुँदै

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ ।

३१८ जना यात्रु चढेको कतारेयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुँवा उडेको देखिएपछि उडान रोकिएको हो ।

अहिले विमानमा प्राविधिक परीक्षण गरिएको र फेरी उड्ने तयारीमा रहेको विमानस्थलको कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : ५४ बजे