जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख लुटपाट

जनकपुधाम । धनुषा जिल्लाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रकम लुटपाट भएको छ ।

श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले हतियार देखाएर लुटेका हुन्।

जनकपुरधामस्थित हिमालयन बैंकबाट ८० लाख रुपैयाँ लिएर धनुषाधामतर्फ जाँदै गरेको बेलामा जनकपुरधाम उप–महानगरपालिका- १९ थुमौना पोखरीको डिलमा रकम लुटिएको हो।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षकसहितको टोली घटनास्थल पुगेको छ। घटना सम्बन्धमा थप छानविन भइरहेको रकमको यकिन भइनसकेको धनुषाका प्रहरी नायव उपरिक्षक रञ्जन अवाले जानकारी दिए।

 

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : २६ बजे