दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएको छ ।

प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताउनुभयो ।

उहाँका अनुसार सोमबार काठमाडौंमा विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । यस अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सोमबार काठमाडौं महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ८ : ०६ बजे