साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिधाकुरालाई अडिओ उपलब्ध गराउने तिमल्सिनालाई प्रहरी हिरासतमा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सिधाकुरा डटकमलाई अडिओ उपलब्ध गराउने भनिएका व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ । सर्वोच्च अदालतको आदेशपछि प्रहरीले सिधाकुरालाई अडियो उपलब्ध गराइदिने भनिएका राजकुमार तिमल्सिनालाई हिरासतमा राखेको हो ।

सर्वोच्च अदालतले सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका गोदावरीका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको थियाे ।

बयान नसकिएको भन्दै सर्वोच्च अदालतले उनलाई सोमबार बिहान उपस्थित गराउनू भनी प्रहरीको जिम्मा लाएको हो । आदेशमा भनिएको छ, ‘राजकुमार तिमल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले २४ वैशाख, २०८१ (सोमबार) १० बजे बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्ट्रारमार्फत प्रहरीलाई जिम्मा लगाउनू ।’

अदालतको अवहेलना मुद्दामा सिधाकुरा डटकमका सम्पादक नविन ढुंगाना र प्रकाशक युवराज कँडेलको बयान लिइसकेपछि सर्वोच्चले उनीहरुको बयानका आधारमा तिमल्सिनालाई झिकाउने आदेश गरेको थियो ।

कँडेल र ढुंगानाले आफुहरुलाई तिमल्सिनाले दिएको अडिओका आधारमा सामग्री प्रकाशन प्रशारण गरेको बयान दिएका थिए ।

कँडेल र ढुंगानाको हकमा उनीहरुलाई तारेखमा छाडिएको छ । बयानका क्रममा पनि प्रहरीले उनिहरुलाई भने हिरासतमा लिएको थिएन ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ७ : १३ बजे