कीर्तिपुरमा बस दुर्घटना, एकको मृत्यु, तीनजना घाइते

काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना भएको छ। कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको बा।३ ख।२०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको हो।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले दुर्घटनामा एकजना यात्रुको मृत्यु भएको र ३ जना घाइते भएको जानकारी दिए।

दुर्घटनामा ४२ वर्षीय डा. गोविन्द रिजालको मृत्यु भएको हो। प्रवक्ता  मैनालीका अनुसार घाइतेहरूको ट्रमा सेन्टरमा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेकाे बताइएकाे‍ छ।बस दुर्घटनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : ३८ बजे