मुगु। विकास र भौगोलिक दृष्टिकोणले अति बिकट मानिने मुगुको सदरमुकाम गमगढी भन्दा पुर्वी करान भेगका बस्तीहरूमा व्यवस्थित रूपमा बिद्युत् सेवा उपलब्ध रहेको पाइएको छ । गमगढी लगायत आसपासका गाउँहरूमा अघोषित रूपमा लाेडसेडिङ भइराखेका बेला करानका बस्तीहरूमा भने नियमित बिद्युत् उपलब्ध हुने गरेकाे छ ।
केही बर्ष अघि मुगुम् कार्माराेङ् गाउँपालिका वडा नं ५ लादेगाड र सोही गाउँपालिका वडा नं ६ रिउस बगरमामा कादुरी नामक एक बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय बासीहरूको सहभागितामा करिब १५ करोड भन्दा बढी रकमको लगानी गरेको छ । दुई वटै ठाउँबाट उत्पादित बिजुलीले करानका १२ वटा बस्ती समेटिएका छन् भने दाेल्फु बाहेक पाँपु, छाईल, चिमाँत र मुगु गाउँमा पेल्ट्रिक सेट जडान गरिएका छन् ।
हाल करान भेगका १७ वटा बस्ती मध्ये १६ गाउँ, बस्तीका साढे १३ सय घरधुरी बिद्युतकाे पहुँचमा रहेका मुगुम् कार्माराेङ्ग गाउँपालिकाका आइटी अफिसर साेबिन्द्र बहादुर मल्लले बताउनुभयाे ।
भौगोलिक तथा मानवीय सूचकाङ्कमा जिल्लाकै पछि रहेको कार्माराेङ्का बिकट बस्तीहरूमा बिद्युतकाे पहुँचले लामा समुदायका मानिसहरूलाई निकै राहत मिलेको छ । लादेगाड र रिउस बगरमा निर्माण भएका दुई वटै बिद्युत् योजनामा १ सय किलो वाटका दरले जम्मा २ सय किलो वाट बिद्युत् उत्पादन क्षमता रहेको छ । अत्यन्तै व्यवस्थित तरीका बाट बनाइएका दुई वटै बिद्युत् योजनाहरू बाट गाउँ बस्तीमा काठको काम, धान कुट्ने , पिठो पिस्ने र तेल पेल्न समेत सहज भएको मुगुम् कार्माराेङ् गाउँपालिकाका अध्यक्ष छिरिङ् क्याप्ने लामाले बताउनुभयाे । उहाँले भन्नुभयाे जिल्लाका अन्य बिद्युत् योजना आयोजना भन्दा अत्यन्तै व्यवस्थित छ पोल, गाड्ने, देखि लिएर लायन बिस्तार , पावर हाउस निर्माण लगायत सबै काम चिटिक्क, तवरले निर्माण भएको र शनिवार बाहेक अन्य समयमा निरन्तर बिद्युत् उपलब्ध हुने गरेको अध्यक्ष लामाले बताउनुभयाे । यस्तै नमुना योग्य काम सबै तिर भइदिए त देश विकास हुन समय नलाग्ने समेत लामाले तर्क गर्नुभयाे ।
पुर्खाै देखि झराेकाे दियालो बाल्दै आएका लामा समुदायका मानिसहरू २,३ बर्ष यता बिद्युत्ले ठुलो राहत मिलेको छ । आफ्नो धर्म र संस्कृति प्रति अत्यन्तै विश्वास राख्ने लामा समुदायमा राती पूजा ,आजा र अन्य घर भित्रकाे काममा हामी महिला हरू बढी खटिनु पर्ने भएकाले आफुहरूलाई रातिको समयम गर्ने काममा धेरै सहजता आएको वडा नं ७ मह गाउँ निवासी छेयाङ्जुम् लामाले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘पुराना दु:खका दिन गए अब के के हेर्न पाईने हाे ?’
गाउँमा बिद्युत्ले धेरै राम्रो भएको छ। बच्चा लाई रातिको समयमा पढाइ लेखाईदेखि घर भित्र गरिने काममा अत्यन्तै सजिलो छ । मोबाइल चार्जदेखी टिभी हेर्नसमेत पाइएको छ , वडा नं ७ महकै पात्मा नुर्बु लामाले बताए । उहाँले भन्नुभयाे, ‘बिजुली बत्ती भनेको गाउँको गहना जस्तै हो । बत्ती भएन भने एकै छिन धेरै अन्य सुविधा बाट वञ्चित हुनु पर्छ । र बत्ती नुहुँदा एकैचोटी अन्धकारले सन्नाटा छाउँछ ।’
मुगुम् कार्माराेङ्का जम्मा १४ सय घरधुरी र १७ बस्ती मध्ये दाेल्फु गाउँ भौगोलिक हिसाबले अन्य बस्ती भन्दा अलि टाढा भएकाले बिद्युत् बिस्तार हुन सकिएको छैन । हाल दाेल्फु गाउँमा साेलार बत्तीले त्यहाँका स्थानीयले काम चलाउनु परेको छ । मुगु , चिमात, छाईल पाँपुमा गाउँ पिच्छे पेल्ट्रिक सेट योजना बाट बिजुली बालिएको छ । लादेगाड र रिउस बगरको २ सय किलोवाट बिद्युत्ले सेराेग,रिउस,मह, माग्री,पुअ,पुलु, ढुङ्गेधारा, दाउरा,चितै,कार्तिक,किम्री, ताखा, खारी , मुगु , मह, माग्री ,चितै कुनामा बिद्युत् सेवा पुगेको छ ।
प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार ९ : ४३ बजे
प्रतिक्रिया