साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जन्मकैदको सजाय पाएका लोसपा सांसद निलम्बित

काठमाडौं ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा पर्नुभएको छ । सशस्त्र प्रहरीका असई थमन विक हत्या आरोपमा महोत्तरी जिल्ला अदालतबाट शर्मालाई जन्मकैद फैसला भएपछि शर्मालाई निलम्बन गरिएको हो ।  

शर्मा लोसपाबाट मधेस प्रदेश सभा सदस्य हुनुहुन्थ्यो।

प्रदेश सभा सचिवालयका सचिव अरूणकुमार झाले एक सूचना प्रकाशित गर्दै शर्मालाई मधेस प्रदेश सभा सदस्य पदबाट निलम्बन गरिएको जानकारी दिनुभएको हो । 

जिल्ला अदालतको फैसलालगत्तै मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बैशाख १८ गते शर्मालाई पदबाट निलम्बन गर्ने निर्णय गर्नुभएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : १९ बजे