एक सय रूपैयाँको नेपाली नोटमा अब गैंडाको मात्र होइन नयाँ विशेषता थपिने भएको छ ।
सय रूपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको समेत भूभाग समेटिएको नयाँ नेपालको नक्शा समेत समावेश हुने भएको हो । जनबोलीको भाषामा चुच्चे नक्शाको रूपमा चिनिएको सो नक्शा नेपाली मुद्रामा ल्याउने सरकारले गरेको छ । नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सयको नोटमा नेपालको चुच्चे नक्सा प्रयोग गर्ने निर्णय गरेको छ ।अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो स्वीकृति प्रदान गरेको हो।
नयाँ नोट छाप्न लागिएकोमा सरकारले त्यसमा चुच्चे नक्शा समावेश गर्ने निर्णय गरिएको र यो नोट छिट्टै प्रचलनमा आउने बताइएको छ।
प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार ५ : ०२ बजे
प्रतिक्रिया