साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेपाल मेडिकल ब्यबसायी सङ्घको अध्यक्षमा दाहालको उम्मेदवारी 

काठमाडौँ– नेपाल मेडिकल व्यवसायी सङ्घको अध्यक्ष पदका लागि कला दाहाल रिजालले उम्मेदवारी दिने हुनुभएको   छ। ।शनिवार राजधानीमा  सुरु हुने सङ्घको साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ। मेडिकल व्यवसाय क्षेत्रमा दुई दशक लामो अनुभव सम्हाल्नु भएकी रिजालले आफ्नो अनुभवलाई ब्यबसायीहरुको हक हितमा प्रयोग गर्न आफूले अध्यक्षमा उम्मेदवार दिन लागेको बताउनुभयो। 

सङ्घले यही वैशाख २२ गते साधारण सभा गर्दै छ। उक्त साधारण सभाबाट आउने नयाँ कार्यसमितिका लागि दाहालको  अध्यक्ष  पदका लागि  निर्विरोधको सम्भावना  रहेको बताइएको छ। दाहालले यस अघि ब्यबसायीहरुको हक हितको पक्षमा गरेको कामलाई आधार मानेर यस पटक  मेडिकल व्यवसायीहरूले उहाँलाई निर्विरोध गर्न लागेको बताइएको छ। 

। युनाइटेड डाइग्नोष्टिक सेन्टरकी सञ्चालक तथा सङ्घको वर्तमान उपाध्यक्ष समेत रहनु भएकी दाहालले आफू निर्वाचित भए लगतै व्यवसायीको हकहितमा देखिने काम गर्ने बताउनुभयो । उहाँले अहिले सरकारले निरीक्षण गरी मापदण्ड पुगेका संस्थाका  लागि अनलाइन खुला नगरेकोले आफूले पहिले त्यो खुलाउने घोषणा गर्नुभयो। उहाँले भन्नुभयो ‘ निरीक्षण भइसकेका र मापदण्ड पुगेका अवस्थामा पनि सरकारले अनलाइन खुल्ला गरेको छैन, मैले पहिला त्यसलाई खुलाउने छु। 

दाहालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण क्षेत्रमा २०६१ सालदेखि काम गर्दै आउनुभएको छ ।  उहाँले वैदेशिक रोजगारी क्षेत्रको स्वास्थ्य परीक्षणमा अहिले देखिएका सबै विकृति अन्त्य गर्न प्रयास गर्ने बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफ्नो पहिलो प्राथमिकता हो। त्यसपछि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई पारदर्शी बनाउन सरकारसँग पहल गर्ने उहाँले  बताउनुभयो । ‘सङ्घमा महिला पनि नेतृत्वमा आउँछन् भने उदाहरणका लागि उम्मेदवारी दिन लागेको हुँ। यस क्षेत्रका नीति निर्माणदेखि सबै विषयगत सुधारका लागी सरोकारवाला संस्थासँग मिलेर काम गर्नेछु।’ उहाँले भन्नुभयो ।सङ्घमा आबद्ध सबै संस्थालाई मिलाएर लैजाने र यस क्षेत्रलाई स्वास्थ्यमैत्री बनाउन काम गर्ने योजना रहेको उहाँको भनाइ छ।

नेपाल मेडिकल व्यवसायीमा नयाँ व्यवसायी उत्पादन गर्ने र यस क्षेत्रका व्यवसायीको सुरक्षासँग हकहितका लागि आफ्नो प्रयास रहेन उहाँको योजना छ। देशभर वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका संस्थालाई प्रविधिमैत्री बनाउन सरकारसँग पहल गर्ने समेत उहाँको भनाइ छ।

स्वास्थ्य सुधारका लागि सरकारसँग विभिन्न योजना बनाएर पहल गर्ने र यस क्षेत्रलाई लगानी गर्न योग्य बनाउने लक्ष्य लिएको उहाँको भनाइ छ। विगतमा जे–जस्तो भए ती सबैको समीक्षा गरेर नयाँ योजनाका साथ काम गर्ने उहाँको दाबी छ। 

उहाँले नेपाल सरकारले तोकेको व्यवसायी शुल्क ६५०० को व्यवस्था गर्ने समेत घोषणा गर्नुभयो। उहाँले भन्नुभयो ‘ नेपाल र मलेसिया   सरकारबिच भएको सहमति अनुसार  नवीकरण र सूचीकृत भएका संस्थाले मलेसियाको स्वास्थ्य परीक्षणको व्यवस्था गर्न व्यवस्था मिलाउने  छु। उहाँले वैदेशिक रोजगारको थप बजार सृजना गर्नका लागि जापान कोरिया, युरोपको मेडिकल गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताउनुभयो। 

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ३ : ३३ बजे