दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाण्डौँ–त्रिशूली चल्ने ईभीको भाडा घट्यो

नुवाकोट । काठमाडौँ–त्रिशूली भएर चल्ने ईभी माइक्रो बसको भाडा घट्ने भएको छ । 

नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहीबार २० गते देखि लागुहुने गरी भाडा घटाउने बताएका हुन् । टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माइक्रोको भाड तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरुको माग र सरोकारवालाहरुको आग्रह अनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए । 

यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्धारा सञ्चालित ईभी माइक्रोहरूले पनि २० गते बिहीबार देखि भाडा घटाउने बताएका छन् । 

यसअघि ईभी माइक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो । सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरूले ईभीको भाडा आफु्खुशी लिँदै आएका छन् । 

नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा.ली र नेपाल माइक्रोबस कम्पनी प्रालिले ईभी माइक्रो सञ्चालन गरिरहको छन् । 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : ०२ बजे