साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

आज हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

काठमाडौँ। सरकारले  आज वैशाख १६ गते सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले यस वर्ष झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिनुभयो । 

उहाँले हालसम्म ५३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्यक्रम सफल भइसकेको जानकारी दिँदै कपिलवस्तु र झापामा भने सफल हुन नसकेको बताउनुभयो । यस वर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड रुपियाँ विनियोजन गरेको छ । सो रकममध्ये ११ करोड रुपियाँ स्थानीय तहमा निकासा भइसकेको छ । 

डा. मरासिनीले औषधी सेवन अभियानको क्षेत्र विस्तार गर्ने लक्ष्यसाथ कार्यक्रम सञ्चालन भएको बताउनुभयो । उक्त कार्यक्रममा १९ जिल्लाले निवारणको प्रमाणपत्रसमेत पाइसकेका छन् । हात्तीपाइले रोगमा विभिन्न तीन थरीका औषधी खुवाइने गरिन्छ । 

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ७ : १० बजे