‘एउटै नाउरको सिकार गर्न २३ लाख’

 डिआइजीसहित ६ जना एसएसपीको सरुवा, अपराध महाशाखामा भट्टराई 

काठमाडौँ । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डिआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको छ । त्यस्तै काठमाडौँ जिल्ला प्रहरी परिसरको प्रमुखमा एसएसपी वसन्त रजौरेको सरुवा भएको छ । हालका प्रमुख भूपेन्द्र खत्रीको सरुवा अपराध अनुसन्धान विभागमा भएको छ ।

 

त्यस्तै उपत्यका अपराध महाशाखाको प्रमुखमा एसएसपी सानुराम भट्टराईको सरुवा भएको छ । उनी यसअघि राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा थिए । काठमाडौँ र उपत्यकाका प्रहरी प्रमुखको सरुवामा एआइजी श्याम ज्ञवाली हाबी भएको चर्चा प्रहरी उच्च अधिकारीहरूबिच चलेको छ । ज्ञवालीले गृहमन्त्री आफ्नो सल्लाहमा चल्ने भन्दै केही सातायता विभिन्न पोस्टिङ र सरुवामा जान चाहने प्रहरी अधिकृतहरूसँग डिलमा थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  १ : २२ बजे