‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विहारको पटनामा होटलमा आगलागी हुदा ६ जनाको मृत्यु

काठमाडौँ । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् ।

आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ ।  यो आगलागी ग्यास सिलिन्डर विष्फोटका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ९ : ४२ बजे