दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो ।  

त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ११ : ४० बजे