देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

चलचित्र ‘नमेटिने घाउ’ मा एमाले अध्यक्ष ओलीको अभिनय

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय गर्नुभएको छ ।

आज अध्यक्ष ओलीले फिल्ममा प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुभएको हो । एमालेको पार्टी कार्यालय च्यासलमा भएको छायांकनमा ओलीले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नुभएको छ ।

चलचित्र एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो ।

२०७७ असोजमा अध्यक्ष ओली नेतृत्वको मन्त्रिपरिषद्ले तेजाब आक्रमण गर्नेलाई कडा सजाय हुनेगरी फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधनको प्रस्ताव पास गरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १० : ३१ बजे