देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पृथ्वी संरक्षणमा चुनौति

आज सन् २०२४ को  अप्रिल २२  तारिक विश्व पृथ्वी दिवसको  ५४औ वार्षिक उत्सव हो। विगत  ५२ वर्षदेखि विश्वका लाखौँ मानिसहरूले  पृथ्वीको वातावरण र जैविक विविधता संरक्षण गर्न विभित्र चेतनामूलक नाराका साथ विभिन्न कार्यक्रम  तथा प्रदर्शन गरी मनाउँदै आएको सन्दर्भमा गत वर्षाकाे पृथ्वी दिवस “पृथ्वी र प्रकृति सँगको सामिप्यता  बढाआंै, हाम्रो विश्वलाई पुरस्थापना गर्ने गतिविधिमा जुटौँ”भन्ने नाराका साथ पृथ्वी दिवस मनाउन संयुक्त राष्ट्रसङ्घले पनि आव्हान गरेको थियो ।मानव सभ्यताको विकाशमा अति नै महत्त्वपूर्ण भूमिका खेलेको प्लास्टिक अहिले पृथ्वीको तापक्रम र प्रदूषण बढाउनमा चुनौतीको विषय बनेको छ । यसको उचित प्रयोग र नियन्त्रण गर्न आवश्यक देखिएकोले यस वर्षको  नारा पृथ्वीविरुद्ध प्लास्टिक Planet vs. Plastics)  सार्थक देखिन्छ । पृथ्वीको संरक्षणमा सबैको सहयोगका लागि चेतनामूलक कार्यक्रमका साथमनाउनुमायसको सार्थकता रहेको देखिन्छ ।

 

अनियन्त्रित जनसंख्या, औद्योगिकक्रान्ति, वनविनाश, शहरीकरण, आणविक भट्टीहरूको स्थापना, र सुविधाजनकजीवनशैलीका कारण अत्यधिकमात्रमा कोइला र पेट्रोलियमपर्दाथको प्रयोगबाट कार्वन उत्सर्जनका साथसाथै हानिकारक  हरितगृहग्यासहरू (कार्वनडाइअक्साइड, नाइट्रिक अक्साइड, मिथेन, हाइड्रोफ्लोरोकार्बन, परफ्लोरोकार्बन, सल्फरहेक्जाफ्लोराइड र पानीकावाष्पहरू) उत्पादनभई पृथ्वीको तापमान बढ्ने क्रमजारी छ ।

तापमान बढेसँगै यसबाट उत्पत्रजलवायु परिवर्तनका प्रभावबाट पर्न जाने नकारात्मक असरहरू धेरै क्षेत्रहरूमा देखिन थालेका छन् । पृथ्वीको स्थलमा मात्र होइन जलाशयमा रहने प्राणी जगतलाई  समेतगम्भिर रुपमा  ऋणत्मक असर परेकोले विश्वलाई नै चुनौतिदिने गरि बृद्धि भइरहेको वातावरणीय असन्तुलनको भयाभह स्थितिलाई ध्यानमा राखेर सन्१९७० मा लाखौ  अमेरिकीहरुले तटिय क्षेत्रहरुमा पृथ्वीको हरित र स्वच्छ वातावरणका लागि स्थानिय, प्रदेश तथा केन्द्रियतहका सरकारहरुलाई  वैधानिक तथा कानूनी व्यवस्थाकोे  मागगर्दै कार्यालय र संस्थाहरुमा जुलुस प्रर्दशन गरेका थिए । १९६९ मा अमेरिकाको क्यालिफोर्निया राज्यको शान्ताबारबारामा ठूलो परिमाणमा पेट्रोलियमपदार्थ पोखिएर   दुर्घटना हुँदा त्यसको असरले नराम्रो स्थितिको श्रृजना उत्पत्र गरेको थियो । उक्त घटनाले  अमेरिकीसिनेटर गेलर्ड नेल्सनलाई वातावरण स‌रक्षण र सुरक्षितऔद्योगिक नियमावलीको लागि  चेतना जगाउने हेतुले  जुलुस प्रर्दशनगर्न  पे्ररित गरेको थियो । यसलाई मुर्तरुप दिन पेट म्याकइलोस्किले पनि प्राकृतिक वातावरण संरक्षणको लागि राष्ट्रिय पाठको रुपमा २२ अप्रिल १९७० मापहिलो कार्यक्रमको शुरुआत  गरेका थिए । फलस्वरुप २२ अप्रिललाई वातावरण संरक्षणको लागि महत्वपूर्ण  दिनको रुपमामनाउनथालियो ।वातावरण संरक्षणको लागिजनस्तरबाट शुरु गरिएका क्रियाकलाप तथा गतिविधिहरुले गर्दा सन १९९२ मा संयुतm राष्ट्र संघ द्वारा पृथ्वी  सम्मेलन आयोजनागर्ने  आधार तैयार भयो ।  फलस्वरुप सन १९९२ माब्राजिलको  रीयो दि जेनेरियोमा पृथ्वी  सम्मेलनको आयोजनागरियो । त्यसपछिवातावरण संरक्षणको विषयविश्वव्यापि रुपमालगभग सवै सरकारहरुको सरोकारको विषय बन्न पुगेको छ । पृथ्वीदिवसको रुपमा मनाइने कार्यक्रम, व्यक्त गरिने संकल्प र तदनुरुपका प्रयासले वातावरण संरक्षणका लागि ठोस आधारहरु निर्माण गरिरहेको छ  र मानिसलाई  वातावरण मैत्रीकार्यगर्न पे्ररित  गरिरहेको छ । करीव७‍.९ अर्ब मानिस बसोवास गर्ने हाम्रो घर पृथ्वी, धर्तीमाता हामीलाई जन्मदिने हाम्रीआमा जस्तै उत्पादनको अदम्भ्य क्षमता भएकी, सुन्दरता,विविधताकी धनी, श्रोत र सम्पदाले भरिपूर्ण अत्रदाता, पानी र प्राणवायु  दिएर जीवन र जगत सम्भव बनाउने अथाहा विशेषता बोकेकी संरक्षणकर्ता,सहनशीलताकीखानी जननी हुन । प्रगति र उत्रतिको प्रचुर अवसर दिएर सवै प्राणी जगतलाई समान व्यवहार गर्दै प्रकृतिको खिलापमा नजानआग्रह गर्दैछिन् । 

पृथ्वीमा भएका प्राणी मध्ये सबैभन्दा बुद्धिमान मानिन्छ मानव जाती जसले समय परिवर्तन सँगै आफूलाई सक्षम, बलवान् र बुद्धिमान साबित गरिराखेको  छ । आदिम ढुङ्गे युगको अवस्था बाट विकाश गर्दै विज्ञान र प्रविधिको क्षेत्रमा यति सम्म बिकास ग¥यो कि उसले आफूलाई हरेक क्षेत्रमा सहज र सुविधाको लागि कुनै वस्तु बनाउन बाँकी नै राखेन । स्थलमा गुड्न,े छिटो दौडिने  रेल, आकाशमा गुड्ने हवाई जहाज तथा पानीमा दौडिने  पानी जहाज बनाएर पृथ्वीको एक कुनाबाट अर्को कुनामा छिटो पुगिने र सजिलो साधनको मात्र विकाश होइन कम्पयूटर,मोबाइल र इन्टरनेटको विकासले विश्वजगतलाई नै एकैठाँउमा बनाइदिएको छ ।  स्वास्थ्य विज्ञानको प्रविधिमा भएको  चमत्कारिक विकासले प्राकृतिक रूपमा बनेका शरीरका अङ्गलाई काम गर्न छाडिसके पछि पनि प्रत्यारोपण गरेर मानिसको आयुलाई समेत लम्ब्याउने काम गरेको छ । रसायन औषधि विज्ञानको चमत्कारले आँखाले देख्न नसकिने सूक्ष्म भाइरसहरूको समेत अध्ययन गरी कोरोना,इबोला,सार्स जस्ता शक्तिशाली रोगहरू  जसले मानिसको जीवन छोटो समयमा नै नाश गर्न सक्दछन् त्यस्ता भाइरस सँग लड्ने खोपको समेत विकाश गरी  जीवनको जोखिमलाई न्यूनीकरण गर्न सफल भएको प्रमाणित गरिसकेको छ ।विभिन्न किसिमका ब्याक्टेरियाहरुले उत्पन्त्रन गर्न सक्ने रोगहरुलाईऔषधि विज्ञानको विकासले पनि मानव जीवनलाई धेरै हदसम्म  सुरक्षित गरेको छ । भौतिक र रसायन विज्ञानको चमत्कारले क्यान्सरजस्ता जटिल रोगहरूको पनि  निदान गर्ने रेडिएसन थेरापीको प्रयोग गरी अल्प आयुमा मृत्यु हुनबाट रोकेको छ । यसरी पृथ्वीको एक कुनामा बसेको वैज्ञानिकले अर्को कुनामा बसेको साधारण गरिब,अनपढ,अशिक्षित मानिसहरूको जीवन पनि रक्षागरिरहेका छन्।

हाम्रो पृथ्वी  प्राकृतिक श्रोत र साधनले भरिपूर्ण भएकै कारण खतरामा परेको छ । प्राकृतिक श्रोतकै खातिर यहाँ ठूलाठूला युद्धहरू पनि भएका छन् परिणाम स्वरूप धेरै परिमाणमा जनधनको क्षति भएको हामी देखिराखेका छौँ । आज विश्वमा १ हजार ३०० भन्दा धेरै परमाणु बम र विनाशकारी हतियारहरूको भण्डारण गरिएका कुराहरू सुनिन्छन् ।धनी र ठुला राष्ट्रहरुकोे घमन्ड र होडबाजीका कारण  गरिब र साना राष्ट्रहरू उनका गुलाम बनी रहेको अवस्थाले गर्दा सयौवर्ष लगाएर मानव निर्मित भव्य र सभ्य सहरहरू पनि आज क्षणभरमा भग्नावशेषमा परिणत भई रहेका छन् । ठुलो परिमाणमा मानव जीवनको क्षतिका खबरहरू दैनिक सूत्रमा आउँछन् । जंगलीयुग देखि वर्तमान सम्म पनि यसको निरन्तरता कायमै छ । आणविक भट्टीहरू,लामो दुरीका क्षेप्यास्त्रहरू,रासायनिक कलकारखानाहरू र खनिज तेलहरूको अत्यधिक प्रयोजनले पृथ्वीको वायुमण्डलमा कार्बन उत्सर्जनका कारण पृथ्वीको तपमान बढ्ने क्रमलाई तीव्रता दिएको छ । “पृथ्वीको फोक्सो भनिने वनजंगल, प्रकृतिको मिर्गौला,जैविक सुपर मार्ट तथा प्राकृतिक सिभिल इन्जिनियर भनिने सिमसार क्षेत्रहरू” समेत  विचित्र मानव क्रियाकलापबाट मासिने क्रम तीव्र छ । प्रकृतिमा भएका बहुमूल्य श्रोत र साधनलाई आफ्नो स्वार्थ पूर्तिको लागि लुकीचोरी दोहन गर्ने तथा व्यापार र व्यवसाय गर्ने बहानामा मानिसको शरीरलाई फाइदा नगर्ने खाद्यवस्तु उत्पादन गर्ने गरी क्यान्सर जस्ता खतरनाक रोगको समेत वास्ता नगर्दा आज पृथ्वीका सन्तान दुःखको भुमरीमा  जीवन व्यथित गरिरहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

जलवायु परिवर्तनको कारण पृथ्वीमाअत्यधिकगर्मी,हावाहुरी,सुखा खडेरी, आगलागीका समस्याहरूले मानव जीवन आक्रान्त भइरहेको अवस्था छ ।जलवायु परिवर्तनका असरहरूले मुख्य गरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि  तथा खाद्य सुरक्षा, मानव स्वास्थ्य र भौतिक पूर्वाधार जस्ता क्षेत्रहरूमा प्रभाव पारेको देखिन्छ ।कतै अत्यधिक र लामो वर्षा हुँदा पहाडी क्षेत्रमा भू–स्खलन र पहिरोका कारण बाढी आउँदा वस्तिहरू कटान र डुबानका समस्याले विकराल अवस्थाको श्रृजनाभएको छ त कतै हिमश्रृङ्गखलाहरु पग्लने र हिमतालहरू फुट्ने र  वस्तिहरू बगाउने त्रास बढिरहेको छ ।भिरालो स्थानका बस्तीहरू पहिरोको जोखिममा छन् भने समुन्द्र सतहको उँचाइ कम हुँदैछ  र तटीय बस्तीहरू र टापु देशहरूको अस्तित्व सङ्कटमा पर्ने प्रक्षेपण गरिएको छ । त्यति  मात्र होइन जलाशयमा बस्ने प्राणीको वासस्थानमा विषाक्त रसायनले लोपोन्मुख अवस्थामा पुगेका छन् ।जीवजन्तुको तस्करी भइरहेको छ भने जैविक विविधतामा ह्रास आएको छ । पृथ्वीको सतहमाभएकाश्रोत र साधन मात्र होइन गर्भमा रहेका  खनिजहरूको पनि अत्यधिक दोहन भइरहेका छ । यस्ता कार्यले प्राकृतिक रूपमा सुशोभित सुन्दर पृथ्वीको स्वरूपलाई नै परिवर्तित बनाइ मानव जीवनलाई मात्र होइन जीवजन्तु र पारिस्थितिक प्रणालीमा समेत सङ्कटको अवस्था सृजना गरेको छ।

 

प्रकृतिको नियमानुसार यहाँ भएका सबै जैविक तथा अजैविक अवयवहरू सन्तुलनमा रहनुपर्दछ अनि मात्र हाम्रो पारिस्थितिक प्रणाली सन्तुलनमा रहन्छ जसले पृथ्वीमा रहेका प्राणीको रक्षा गर्दछ। स्वच्छ पारिस्थितिक प्रणाली  भत्रु नै स्वच्छ पृथ्वी भन्ने बुझिन्छ र जीवन सुन्दर र स्वच्छ बन्दछ ।जलवायु परिवर्तन  र वातावरण संरक्षणको क्षेत्रमा भइरहेका  वैज्ञानिक अनुसन्धानहरूले पनि महत्त्वपूर्ण योगदान पु¥याइरहेका छन्। हाम्रो उत्रति, प्रगति हाम्रा सन्ततिहरूको सुन्दर भविष्यको लागि हाम्रा बिग्रिएका पारिस्थितिक प्रणालीलाई पुनर्स्थापना गरेमा गरिबी निवारण र  जलवायु परिवर्तनका असरबाटबच्न र सामूहिक रूपमा लोप हुन लागेका प्रजातिको बचाउ गर्दछ, त्यसको लागि हामी सबैले आआफ्नो ठाउँबाट राम्रो भूमिका निभाउन जरुरी छ । प्रत्येक राष्ट्रका सरकार,राजनीतिक दलहरू, नागरिक समाज तथा सङ्घ संस्थाहरूले जलवायु परिवर्तन र वातावरण संरक्षणको विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा जल्दोवल्दो मुद्दाको रूपमा लिन जरुरी देखिन्छ परम्परागत प्रविधिलाई नवप्रवर्तनका साथ विकाश गर्दै स्थानीय श्रोत साधनलाई दिगो सदुपयोग गरी स्वरोजगारका नयाँ अयामहरु खुल्न सक्दछन् र आफ्नो क्षेत्रको वातावरण संरक्षणमा उल्लेख्य योगदान पुग्न सक्नेछ । पृथ्वीको बचाउ गर्न यसमा भएका प्राकृतिक श्रोतको संरक्षण गर्न पर्दछ, यसलाई सधैँ सफा र हरियो राख्न जरुरी छ । पृथ्वीको बचाउमा लगानी गरांै, पृथ्वीलाई हानी पु¥याउने कामको विरुद्धमा आवाज उठाऔँ । पृथ्वीबाहेक हाम्रो वस्नेठाँउ कतै छैन त्यसैले यसलाई  माया गरौँ सुखी र सम्बद्ध बनी  शान्ति  तथा खुसी प्राप्त गरौँ ।प्रत्येक वर्ष यो दिनलाई विश्वका विचित्र राष्ट्र र सङ्घं संस्थाहरूले  व्यापक रूपमा विश्वको तापमान वृद्धि र जलवायु परिवर्तनका सम्बन्धमा आधुनिक ज्ञान विज्ञान सहित वातावरण  संरक्षणको लागि वार्षिक उत्सवका रूपमा मनाउँदै आइएको हो ।हामीले पनि प्रकृति संरक्षणको महत्त्व जनस्तरमा पु¥याउन चेतनामूलक कार्यक्रमकासाथ पृथ्वी दिवस मनाआंै ।पृथ्वी दिवसको सवैमा शुभकामना !

​​​​​​​

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  २ : २५ बजे