दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाउनुभएको हो ।

बैठकमा मंगलबारबाट हुने कतारका अमिर (राजा)को नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ ।

बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ ।

त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरु समेत गर्नेछ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ७ : ५६ बजे