‘एउटै नाउरको सिकार गर्न २३ लाख’

रेशम चौधरीको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । रेशम चौधरीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो ।

निर्वाचन आयोगले रेशमलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बनाउन अस्वीकार गरेपछि रेशम सर्वोच्च अदालत पुग्नुभएको थियो ।

चौधरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्तिको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका हुनु भएको थियो । तर आयोगले उहाँलाई अध्यक्ष अस्वीकार गरेको हो ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ८ : ३५ बजे