दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गोरखाकाे वीरेन्द्र तालमा हिमपहिरो, सतर्क रहन आग्रह

गोरखा । गोरखाको चुमनुव्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खस्दा जोखिम बढेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको नभई हिम पहिरो तालमा पस्दा पानी बाहिर आएको र तत्काल जोखिम नभएको बताउनुभयो ।

‘तालमा हिमपहिरो झरेको हो । त्यहाँ आसपास मानव बस्ती नभएकाले जोखिम देखिएको छैन् । जोखिमको अवस्था बुझ्न प्रहरी टोली ताल क्षेत्रमा पुगिसकेको छ । तालले असर पर्ने मानव बस्तीलाई अर्लट गराइसकेका छौँ ।’ दाहालले भन्नुभयो ।

तालबाट आभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे प्रहरी टोली फर्किएपछि थाहा हुने प्रजिअ दाहालले बताउनुभयो ।

बाढीले क्षति सक्ने मानव बस्ती धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ ।

मौसम परिवर्तनपछि जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ ।

तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ११ : २० बजे