‘एउटै नाउरको सिकार गर्न २३ लाख’

यूएईसँग नेपाल पराजित, एशिया कपमा छनौट हुन असफल

काठमाडौं । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट हुन असफल भएको हो ।

सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले १७।२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको थियो । यो जितपछि युएई प्रिमियर कपको फाइनलमा पुगेको छ ।

नेपालले भने अब तेस्रो स्थानको लागि खेल्ने छ । आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने देशसँग नेपालले तेस्रो स्थानको लागि शनिबार खेल्ने छ । यस प्रिमियर कपमा पहिलो दोस्रो र तेस्रो हुने देशले इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने छन् ।

अब प्रिमियर कपको दोस्रो सेमिफाइनल आजै आयोजक ओमान र हङकङबीच हुनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : ५२ बजे