दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

तोलामा रु सात सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ ।

बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ११ : ५९ बजे