‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा चलाउने  तयारीमा  अख्तियार 

काठमाडौँ। पटक पटक विवादमा पर्दै आएका  सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीलाई अख्तियारले मुद्दा चलाउने अन्तिम तयारी गरेको छ। अख्तियार  स्रोतका अनुसार मुद्दा सम्बन्धी सबै अनुसन्धान सकिएको र अब बिशेष अदालतमा मुद्दा दायर गर्ने चरणमा रहेको छ। सोडारीलाई सम्पत्ति शुद्धीकरण विभागले  स्रोत नखुलेको सम्पत्तिमा अनुसन्धान गर्दै उनी विरुद्ध मुद्दा चलाउन अख्तियारलाई यस अघि नै सिफारिस गरेको थियो। 

अख्तियार स्रोतले  भन्यो ‘ यस बिषयाम सबै अनुसन्धान  तयार भएर फाइल खडा भइसकेको छ अब छिट्टै बिशेष अदालतमा मुद्दा दर्ता हुन्छ’। 

सोडारी यस अघि सुदूरपश्चिमको सामाजिक  विकास मन्त्री भएको बेला पदको दुरुपयोग गदै  अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको निष्कर्ष छ। 

स्रोतका अनुसार उनले छोराका नाममा कैलालीको जानकी गाउँपालिकामा ६ बिगाहा जग्गा जोडेका थिए। सो जग्गा अहिले सम्पत्ति शुद्धीकरण विभागले  रोक्का राखेको छ। जग्गा किन्दाको  स्रोत खुलाउन नसकेकोले  यसरी रोक्का राखेको बताइएको छ। 

त्यसै गरी उनले मसाला उद्योगका नाममा प्रदेश सरकारले दिएको ४५ लाख अनुदानको दुरुपयोग गरेको अर्को अभियोग लागेको छ।  उनले आफ्नी श्रीमती गीता सोडारीका नाममा खोलको पबि मसाला उद्योगलाई मसला उद्योगका नाममा प्रदेश सरकारबाट  सो अनुदान दिलाएका थिए। मसला उद्योग रहेको  आफ्नै श्रीमतीको घर आफ नै घर आफ्नै श्रीमती सञ्चालक रहेका मसला उद्योगलाई ४५ लाखमा बिक्री गराएर अनुदान रकम पचाएको उनीमाथि  अभियोग छ। सोडारीको परिवार पनि अहिले त्यही घरमा बसी रहेको छन्।

 यसरी अनुदानमा आफ्नै नाममा किनिएको  घरमा  उनले पछि डेढ तल्ला थपेका थिए। सो घर निर्माण गर्दा ७० लाख  खर्च गरेको रकम समेत सम्पत्ति शुद्धीकरण आयोगले स्रोत नखुलेको सम्पत्ति भन्दै  अख्तियार    प्रतिवेदन बुझाएको  स्रोतले दाबी ग¥यो। 

सम्पत्ति शुद्धीकरण विभागले  दीर्घ सोडारीको नामा रहेको ४३ लाख रुपैयाँ भएको बैङ्क खाता रोक्का गरेको स्रोतले बतायो। त्यसै गरी उनका छोरा र श्रीमतीका नाममा रहेको सबै जग्गा र खाता समेत रोक्का रहेको स्रोतको दाबी छ। 

 

अख्तियारले मुद्दा चलाउने तयारी गरेपछि भरखरै मुख्यमन्त्री नियुक्त भएका  सोडारीले सरकारको सय दिन  मनाउन पाउने हुन् कि नपाउने हुन् भन्नेमा अन्योल छाएको छ। उनी मुख्यमन्त्री भए लगतै अख्तियारको हतकडी उनको पछि पछि लागेको  छ। अख्यितयारले उनी विरुद्ध मुद्दा दर्ता गर्ने बित्तिकै पद स्वतः निलम्बनमा पर्ने छ। 

एमाले सुदूरपश्चिमले यो सबै  विषय नजिकबाट नियालीरहेकोले उनलाई समर्थन गर्न आनाकानी गरेको एक नेताले बताए। यही भएर एमालेले नेकपा एसलाई मुख्यमन्त्री दिने सहमत भए पनि सोडारीलाई समथृन नगर्ने अडान लिएको थियो।

एसका अध्यक्ष माधव नेपालले सोडारीलाई मुख्यमन्त्री नबनाए ‘समीकरण भत्काइदिन्छ’ भन्ने धम्की केन्द्रबाटै दिएपछि उनलाई समर्थन गर्न बाध्य भएको एमालेका एक नेताले बताए। ति नेताका अनुसार सोडारीको विवादास्पद चरित्रका कारण नेकपा एसको अर्को नेता मुख्यमन्त्रीका लागि खोज्न एमालेले  आग्रह गरेको भएपनि समीकरणै भत्काउने खेल भएपछि समर्थन गर्न बाध्य भएको एक नेताले  बताए ।   

सोडारीको विवादास्पद चरित्रका कारण नेकपा एसको अर्को नेता मुख्यमन्त्रीका लागि खोज्न एमालेले  आग्रह गरेको भए पनि समीकरणै भत्काउने खेल भएपछि समर्थन गर्न बाध्य भएको एक नेताले  बताए ।  

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १० : ०६ बजे