दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यूएईमा आएको बाढीमा परेर एक नेपालीको मृत्यु

काठमाडौं । यूएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । पुनले एक रेस्टुरेन्टमा काम गर्ने गरेको दूतावासले जनाएको छ ।

युएईमा दुई दिनदेखि भएको भिषण वर्षाका कारण बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

युएईमा अहिले भइरहेको बर्षा ७५ बर्ष यताकै ठुलो भएको बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ९ : ०५ बजे