दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

 छेडिएको  सुरुङमा  ओलीको  सम्झना 

काठमाडौँ। सोमबार नागढुंगा – थानकोट सुरुङ मार्ग   ब्रेक थुर् भएको छ।   अर्थात् छेडिएको छ।  यसले धेरैलाई खुसी तुल्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि  यसमा धेरै खुसी र सन्तुष्टि  व्यक्त गर्नुभएको छ  । उहाँले  यसको शिलान्यास भएको दिन समेत सम्झनु भएको छ  – २०७६ साल कात्तिक ४ । ओलीले  मात्र होइन यसको उद्घाटन गर्न सोमबार थानकोट पुग्नुभएका   प्रधानमन्त्री  प्रचण्डले समेत  तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई सम्झनुभयो । 

 नेपालको इतिहासमा ओलीले आफ्नो कार्यकालमा नेपालीहरुलाई अनेक सपना देखाउनुभयो । रेलको सपना, पानी जहाजको सपना, विकास र समृद्धिको सपना ।   त्यस बेला कतिपयले  पुरा नहुने सपना बाँडेको भन्दै आलोचना समेत गरे ।  तर अहिले  ती क्रमै सँग पुरा हुन थालेका छन् ।  ती सपना र परिकल्पनाको एउटा उदाहरण बन्यो नागढुंगा थानकोट  सुरुङ मार्ग । यस्ता  अरु कैयन  परिकल्पनाहरू अब यर्थाथमा यसै गरी उद्घाटन हुँदै जाने छन् ।   ओलीले त्यस बेला देख्नुभएका सपना अब यसै गरी बिस्तारै बिपनामा सबैले देख्ने छन् । 

त्यही ओली सपनाको बिपना हो नागढुंगा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन । सोमबार हुन लागेको यसको  ब्रेक थुर् अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्विट गर्दै  खुसी प्रकट गर्नुभएको छ। ओलीले ब्रेक  थुर् हुनु अघि ट्विट गर्दै लेख्नुभएको छ –नेपालको पहिलो सुरुङ मार्ग  नागढुंगा थानकोट आज ब्रेक थुर् हुदैछ। पहाडी भू बनोट  भएको  नेपालमा सुरुङ मार्ग सडक यातायातलाई छिटो र छरितो बनाउने  माध्यम  हो। यसको थालनी गरेको दिन सम्झना आइरहेछ। रुपन्देहीको सिद्ध बाबा,  नुवाकोट काठमाडौँको टोखा छहरे,  र काठमाडौँबाट तराई जोड्ने फास्ट ट्र्याकमा पनि सुरुङ मार्ग बन्दै छ। यसले हाम्रो सडक यातायातलाई छरितो बनाउन मद्दत गर्दै छ। 

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नाग ढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको ४ कात्तिक २०७६  शिलान्यास गर्नुभएको हो थियो  । 

चन्द्रागिरि नगरपालिकास्थित दह चोकमा आयोजित एक विशेष समारोहका बिच ओलीले  सुरुङमागर्को शिलान्यास गर्नुभएको  थियो  । 

 नागढुंगा–सिस्ने खोला मुख्य सुरुङ मार्ग सोमबार वारपार छिचोलिएको छ । मुख्य सुरुङ सँगैको आपत्कालीन सुरुङ भने गत साउन २२ गते नै छिचोलिएको थियो ।

मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङ मार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो ।

यो सुरुङ मार्ग छिचोल्ने दिन सोमबार सुरुङभित्रै विशेष कार्यक्रम आयोजना गरिएको थियो । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभएको थियो ।

सुरुङ प्रयोगकर्ता काठमाडौँको बलम्बु हुँदै धादिङको सिस्ने खोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ ।

करिब साढे ४ वर्षअघि काठमाडौँको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ ।

आपत्कालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपत्कालीन सुरुङ निर्माण गरिएको हो । आपत्कालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थुर् भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  १२ : ३३ बजे