‘एउटै नाउरको सिकार गर्न २३ लाख’

देउती गुरुङ र र नवीन्द्र अर्याल डीआइजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह केनाईन उपसमूहतर्फका दुई जनालाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुनेमा डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटरतर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन् । मन्त्रिपरिषद् बैठकले केहि दिनअघि मात्रै प्रहरी नायव महानिरीक्षक विशेष पद सिर्जना गरेको थियो । जसमा गुरुङ र अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ८ : २२ बजे