दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चक्रपथ डटकमको प्रधानसम्पादकमा पाण्डे, सल्लाहकार सम्पादकमा नेपाल

काठमाडौं  । राजमोति मिडिया प्रा.लि.द्वारा सञ्चालित चक्रपथ डटकमको प्रधानसम्पादकमा दीपक पाण्डे नियुक्त हुनुभएको छ । त्यसै गरी सल्लाहकार सम्पादकमा बालकुमार नेपाल नियुक्त हुनुभएको छ । यसै गरी कम्पनीले विष्णु आचार्यलाई कम्पनीको व्यवस्थापकीय जिम्मेवारीसमेत दिएको छ । 

प्रधानसम्पादक पाण्डे तथा सल्लाहकार सम्पादक नेपाललाई सोमबार राजमोति मिडिया प्रा.लि.का अध्यक्ष डेगेन्द्र पाण्डे तथा सम्पादक दिनेश घिमिरेले स्वागत गर्नुभयो । 

प्रधानसम्पादकमा नियुक्त हुनुभएका पाण्डे प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहनुभएको छ । तीन दशकदेखि पत्रकारितामा सक्रिय स्पेशटाइम दैनिकले यसअघि  नेपालको पहिलो स्याटलाइट टेलिभिजन च्यानल नेपालको समाचार प्रमुख, माउन्टेन टेलिभिजनको समाचार निर्देशक, जनता टेलिभिजनको समाचार सल्लाहकार  तथा दृष्टि, प्रकाश साप्ताहिकको सम्पादक तथा स्पेशटाइम दैनिक लगायतका विभिन्न मिडियामा कार्यसम्पादन गरिसक्नुभएको छ ।

आजै पदवहाली गर्नुहुँदै पाण्डेले नेपालको पत्रकारितामा विश्वासको सङ्कट गहिरिँदै गएको अवस्था रहेकाले पाठकलाई समाचारप्रति विश्वास जगाउने पत्रकारिता गर्ने उल्लेख गर्नुभयो । 

उहाँले समाचारहरू धेरै प्रकारका आउने तर ती समाचार किन र कसरी आइरहेका छन् भन्ने कुराले पाठकसमेत भ्रमित भइरहेकाले अब चक्रपथ डटकममार्फत समाचार भित्रको समाचार खोज्ने प्रयास रहने बताउनुभयो ।  ‘व्यावसायिकता नाउँमा ‘कर्पोरेटकारिता’ हाबी भइरहेको छ  हामी त्यो पक्षमा हुने छैनौँ । अनि व्यावसायिकता नाममा गतिहीन पत्रकारिता पनि हामी गर्दैनौँ ।’ पाण्डेले भन्नुभयो,‘त्यसैले बिचारसहितको व्यवसायीक पत्रकारिता हामी गर्नेछौ ।’ 

अहिले नेपाली समाजमा उद्दण्डता, अराजकता र स्वेच्छाचारिता घर गर्न खोजिरहेको भन्दै पाण्डेले मुलुकमा केही भएकै छैन भन्ने भाष्यलाई समाचार र विचारमार्फत अब बदल्नु पर्ने बताउनुभयो । बहुसांस्कृतिक सनातनी सुन्दर यो मुलुकमा सम्भावनाका बहुआगामिक ढोकाहरू खोल्न सकिन्छ भन्ने तथ्य उजागर गर्दै  नेपालीको भविष्य सुरक्षित रहेको आवास दिलाउने समाचार तथा विचारलाई प्रमुखता दिइने उहाँले बताउनुभयो ।   

सल्लाका र सम्पादक नियुक्त हुनुभएका नेपाल तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँले यस अघि अन्नपूर्ण पोस्ट दैनिक, माउन्टेन टेलिभिजन, नेपाल समय, नेपाल पाटी लगायत डेढ दर्जन सञ्चार संस्थामा काम गरिसक्नुभएको छ ।

चक्रपथले अत्याधुनिक स्टुडियो मार्फत छिट्टै श्रब्यदृश्य सामाग्रीसमेत प्रसारण गर्दैछ । 

 

 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ४ : ०६ बजे