साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रक्सीको नशामा छुरा प्रहार गरी छिमेकीको हत्या, तीन प्रतिवादी पक्राउ

खोटाङ । छुरा प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा प्रहरलिे तीनजनालाई पक्राउ गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ११ खार्मी निभारेका ३० वर्षीय धनजीत राईलाई  बैसाख १ गते साँझ  छुरा प्रहार गरी हत्या गरी तीन युवा फरार थिए ।  

धनजितलाई छुरा प्रहार गरी फरार भएका सोही ठाउँका प्रतिवादी २२ वर्षीय बिकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले सामेबार पक्राउ गरेको हो । तीनै जनालाई   रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको भसुन्डास्थित धनपति राईको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक बेनु कार्कीले बताउनुभयो। शरीरका विभिन्न भागमा चोट लागेका धनजितको घट्नास्थलमै मृत्यु भएको थियो । उनलाई मादक पदार्थ सेवन गरेका तीन युवाले स्थानीय तिलकबहादुर बस्नेतको मकै बारीमा छुरा प्रहार गरेका थिए । 

सुरुमा स्थानीय भीमबहादुर बस्नेत र तीन प्रतिवादीबिच झगडा भएको थियो । तीन प्रतिवादीले भीमबहादुरलाई घरैमा गएर कुटपिट गरेका थिए तर गाउँले भेला भएर झगडा मिलाएका थिए । केही समयपछि पुन भीमबहादुरले ‘धम्की’ दिएपछि उनीहरु पुःन भीमबहादुरको घरमा झगडा गर्न पुगेका थिए । त्यसको केही समयपछि भीमबहादुरको घर पुगेका धनजितले सम्झाउने क्रममा तीन प्रतिवादीले छुरा प्रहार गरी फरार भएका थिए । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : १६ बजे