‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरीयतामा एक स्थान माथि उक्लियो

काठमाडौं । नेपाल टी ट्वान्टी क्रिकेटको विश्व वरीयतामा एक स्थान माथि उक्लिएको छ । टी ट्वान्टी त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्समाथि जित हात पारेको भोलिपल्ट सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको नयाँ वरीयतामा नेपालमाथि उक्लेको हो ।

आईसीसीको नयाँ वरीयताक्रममा नेपाल १४ औं स्थानमा छ । यसअघि नेपाल १५ औं स्थानमा थियो । नेपालसँग हार बेहोरेको नेदरल्याण्ड्सको वरीयतामा कुनै फरक परेको छैन् । नयाँ वरीयतामा समेत ऊ १७ औं स्थानमा नै छ । नेपालले नयाँ वरीयतामा स्कटल्याण्डलाई उछिनेको हो ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  २ : २४ बजे