साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बालुवाटारमा राखिएको राम–सीताको मूर्ति रथ यात्रासहित चितवनको अयोध्यापुरी लगिदै (तस्विरहरु)

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको राम–सीताको मूर्ति रथ यात्रासहित आज चितवनको माडी अयोध्यापुरीमा लगिदै छ ।

भोलि राम नवमीका दिन अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्न बालुवाटारमा बनाएर राखिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति  रथयात्रा सहित प्रस्थान गरेको हो ।  गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रकृया शुरू भएको थियो । प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिनाअगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो। मूर्तिलाई आज पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित रथमा राखेर माडीतर्फ लैजाने तयारी भएको हो ।

प्रधानमन्त्रीबाट विदाई गरिएको कलश र बग्गीसहित शोभायात्रा आज देवघाटमा गए बस्ने र भोलिपल्ट मूर्ति पुजन गरेर माडीतर्फ लैजाने कार्यक्रम छ । रथयात्रा भोलि बिहान ८ बजे देवघाटको वेणी संगमको जलले मूर्तिलाई अभिषेक गराई स्वस्ति वाचनसहित विशेष पूजा गर्ने र त्यसपछि माडी लगिने बताइएको छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : ५० बजे