‘नेशनल डे कन्सर्ट’ सम्पन्न

खेलकूदको विकासका लागि आवश्यक सहयोग गर्छौं : खेलकुद मन्त्री दावा

भक्तपुर – युवा तथा खेलकूद मन्त्री दावा तामाङ र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नेपालमा खेलकूद क्षेत्रको विकास, सम्भाव्यता, चुनौती र भक्तपुरस्थित महेश्वरी तथा शहीद स्मृति खेलमैदानको स्तरोन्नति गर्ने विषयमा छलफल भएको छ । नगरपालिकाको कार्यकक्षमा आज भएको भेटमा मन्त्री तामाङले भक्तपुरमा खेलकूद क्षेत्रको विकासका निम्ति पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने बताउनु भएको छ । 

    उहाँले भक्तपुरमा खेलकूद क्षेत्र विकासका निम्ति सहकार्य गर्न मन्त्रालय सकारात्मक रहेको बताउँदै यहाँको खेलमैदानको जग्गा स्वामित्वबारे आवश्यक समन्वयको खाँचो रहेको औँल्याउनुभयो । भेटमा प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक विशेषताबारे अवगत गराउनुहुँदै भक्तपुर नपालाई खेलकूद क्षेत्रमा अगाडि बढाउन नगरपालिका क्रियाशील रहेको र नगरपालिका आफँैले विभिन्न खेलको प्रशिक्षण, प्रत्येक वर्ष अन्तरनगर तथा विद्यालयस्तरीय प्रतियोगिता आदि सञ्चालन गर्दै खेलाडीलाई उत्साहित पार्ने गतिविधिमा जोड दिँदै आएको बताउनुभयो ।
 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : ०१ बजे