साफ यू–१७ च्याम्पियनसिप आजदेखि

महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्रीले पेश गर्नुभएको प्रतिवेदनको पूर्णपाठ 

काठमाडौं । नेकपा एमालेले नेकपा विभाजनको बेला केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य मनोनीत भएका सबै केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनाउने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकले पुस ७ गते तत्कालीन नेकपा केन्द्रीय कमिटीमा मनोनित भएका ११ सयभन्दा बढी नयाँ सदस्यहरूलाई एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा रुपान्तरित गरेको हो । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपाल पार्टीबाट अलग भएपछि पुस ७ गतेको बैठकले ४४१ सदस्यीय नेकपा केन्द्रीय कमिटीमा नयाँ सदस्य थप गरी ११ सय ९९ सदस्य कायम गरेको थियो ।

अब ती सवै राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा रुपान्तरण भएका हुन । एमालेको बिधानअनुसार राष्ट्रिय प्रतिनिधि परिषदले विधान संशोधन लगायतका निर्णय गर्न पाउँछ । यो निर्णयसँगै एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बैशाख १० गते बस्नेगरी स्थगित भएको छ । 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ८ : ३८ बजे