‘एउटै नाउरको सिकार गर्न २३ लाख’

वडा अध्यक्षले उपमेयरलाई धम्की दिएपछि

काठमाडौं । माडी नगरपालिका उप–प्रमुख ताराकाजी महतोलाई माडी ५ का वडा अध्यक्ष रामबन्धु पोख्रलले गाली गलौज गरेका छन् ।

विगत ६ महिना देखि रिक्त रहेको माडी नगरपालिका प्रशासकीय प्रमुखमा जिरी नगरपालिकाबाट सरुवा भएर आउन लाग्नु भएका प्रशासकीय प्रमुख अर्जुन गौतमलाई उपमेयरको गाडी काठमाण्डौ लिन पठाएको भन्दै वडा अध्यक्ष पोखरेलले अपशब्द प्रयोग गरेर धम्काएको उप प्रमुख महतोले बताएकी छन् । उपमेयर महतोलाई वडा अध्यक्षले धम्कीको भाषामा भोलि कसरी हाजिर गराउँदो रहेछ गराएर देखा भनेर फोन गरेको बताईन ।’


धम्कीको भाषामा वडा अध्यक्षजस्तो मान्छेले उपमेयरलाई कर्मचारीको विषयमा धम्काउन पाईन्छ उनले प्रश्न गरिन् । उनले यस विषयमा माडी नगरपालिकका मेयर ठाकुर ढकाललाई आफ्नै घरमा बोलाएर जानकारी गराएको समेत बताएकी छन् । मेयर ढकालले यसलाई सामान्य तरिकाले मात्रै भन्नुभयो । माघ महिनाबाट माडी नगरपालिकामा शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले निमित्तको रुपमा काम गरीरहेको उनले बताएकी छन् । उता सरुवा भएर आउन लाग्नु भएका अर्जुन गौतमले भने कर्मचारीको मनोवल गिराउने गरेर नआउनका लागि फोनबाट धम्की आएको बताएका छन् । 

(भण्डारी  सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुनुहुन्छ)
 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : ०७ बजे