‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माधव नेपाल एक्लिदैं, सोम र विष्णुले पनि छाडे साथ, अरुपनि फर्कदै 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ध्वस्त पार्ने योजनामा लाग्नुभएका माधवकुमार नेपाललाई उहाँ निकट ठानिएका नेताहरुले छाडेर पार्टीमै फर्किन थालेका छन् । त्यसका पछिल्ला उदाहरण हुनुहुन्छ– सोम मिश्र र बिष्णु रिजाल । 

एमाले १० औं महाधिवेशन आयोजक कमिटीको सोमबार भएको बैठकमा नेता नेपाल विश्सनीय ठानिएका रिजालले समेत उहाँको साथ छाड्नुभएको हो । मिश्रले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमाले सिध्याउने षड्यन्त्रमा लागेका माधव नेपाललाइ सहयोग गर्न नसक्ने भन्दै एमालेमै फर्केको घोषणा गर्नुभएको थियो ।

सत्ताका लागि रडाको मच्चाएका माधव नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लागेर ओलीलाई एक्ल्याउन न्वारनदेखिको बल लगाउनुभएको थियो । त्यसका लागि देशीविदेशी शक्तिको सहयोगसमेत माधव नेपाल र प्रचण्डले मागेका थिए । भारतका लागि अनुकूल सरकार आफूले बनाउने प्रचण्ड र माधवको सार्वजनिक उद्घोष नै थियो । पार्टीका कार्यकर्ता र देशभक्त नागरिकले भने विदेशीका दलाललाई पहिचान गरौं भन्दै सत्ताका लागि विदेशीको साथ सहयोग गर्ने कार्य कुनै पनि अर्थमा उचित नभएको बताउँदै चेतावनीसमेत दिएका थिए । खुलेआम विदेशी हस्तक्षेपका लागि आमन्त्रण गरेपछि प्रचण्ड र माधवको राजनीति ओरालो लागेको थियो । 

हुँदाहुँदा उहाँहरुलाई नजिकबाट सहयोग गर्नेहरुले नै अव छाडिदिएका छन् । श्रोतका अनुसार, माधव नेपालसहित कारवाही भागेका केही नेता र केही सांसदबाहेक सबै क्रमश पार्टीमा फर्कने तयारीमा छन् । राजनीतिमा औचित्य सकिएका केही नेता पार्टीमा फर्कनु वा नफर्कनुको औचित्य भएन । तर सम्भावना बोकेका केही नेताहरु भने फर्कने तयारीमा हुनुहुन्छ । 

देशभर समानान्तर कमिटी बनाउँदै हिडेका माधव नेपालका कार्यक्रममा सहभागि नभएका नेता योगेश भट्टराईसमेत नेपालका गतिविधिबाट असन्तुष्ट हुनुहुन्छ । उहाँले आफू पार्टी मिलाउने लाइनमा रहेको भन्दै समानान्तर क्रियाकलाप रोकेर अध्यक्ष र प्रधानमन्त्री ओलीसँग भेटेर माधव नेपालले मिलेर जाँदा उपयुक्त हुने धारणा केही नेताहरुसँग राख्नुभएको छ ।

बादलसहितका पूर्वमाओवादीबाट आएका नेताहरुलाई समेटिएको निर्णयलाई अनुमोदन गर्न माधव नेपाल तयार हुनुपर्ने र विगतमा भएका गल्तीकमजोरीप्रति क्षमायाचना गर्दै मिलेर अघि बढ्न तयार हुनुपर्ने समेत बताएको श्रोतको दावी छ । माधव नेपालले गल्ती स्वीकार गरेपछि अध्यक्ष ओलीले पनि कमजोरी स्विकारी अघि बढ्दा पार्टी एक हुनसक्ने उहाँको धारणा छ । ‘म पार्टी मिलाउनुपर्छ भन्ने लाइनमा हो । तर सकिरहेको छैन । अध्यक्ष केपी ओली र माधव नेपालबीच कुरा भए पार्टी मिल्छ । माओवादीबाट आएका नेतालाई समेट्ने कुरामा माधव नेपालले विरोध गर्न सक्नुहुन्न । त्यसलाई पारित गर्ने हो’ उहाँले आफु निकटका केहीसँग भन्नुभएको श्रोतको दावी छ । 

एमाले र सूर्य चिन्हविनाका माधव नेपालको राजनीतिक अस्तित्व छैन । अहिले प्रचण्डले ओलीविरुद्ध प्रयोग गर्न खोजेपनि अवको राजनीतिले माधव नेपाल र प्रचण्ड दुबैलाई बिश्रामतर्फ धकेल्ने देखिन्छ । किनकी संगठन छैन, सोच छैन र इमान्दारिता छैन भने राजनीति चल्दैन । त्यसका संकेतहरु माधव र प्रचण्डसँग भएकाहरुले पालैपालो छाड्दै ओलीलाइ नेता मान्दै अघि बढ्नु हो । 

  

 

 
 
 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : ३२ बजे