साफ यू–१७ च्याम्पियनसिप आजदेखि

लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा 

काठमाडौं । लुम्बिनी प्रदेशमा आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे लगत्तै उनीहरुले राजीनामा दिएका हुन्। उनीहरु माओवादी केन्द्रबाट मन्त्री बनेका थिए । 

माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको छ। अविश्वासको प्रस्तावसँगै कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  २ : ३३ बजे