काठमाडौं । सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त हुनुभएको छ । न्याय परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज उहाँहरुलाई नियुक्ति गर्नुभएको हो ।
झापाका कुमार चुडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
न्यायपरिषद्को फागुन २८ को बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरेको थियो ।
यसअघि वैशाख ३ मा संसदीय सुनुवाइबाट दुवैको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको थियो । नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दर्ता भएको रिट भने सर्वोच्चले चैत ३० मा खारेज गरेको थियो ।
प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १२ : ३४ बजे
प्रतिक्रिया