काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन अन्त्य भएको बताउनुभएको छ । संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य गर्ने मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उहाँले अन्त्य गर्नुभएको हो ।
सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य गर्ने सवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार ११ : २१ बजे
प्रतिक्रिया