‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अनेमसंघ रसुवाको सातौं जिल्ला कमिटी सम्मेलन सम्पन्न

रसुवा । अखिल नेपाल महिला संघ जिल्ला कमिटी रसुवाको सातौं सम्मेलन सम्पन्न भएको छ। सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार भन्ने मूल नारालाई अगाडि सारिएको सम्मेलनमा वर्तमान अनि भविष्यमा महिलाहरु प्रति गरिने व्यवहारका साथै अधिकारको लागि सवै एकजुट हुनुपर्ने सरोकारवालाहरुले जोड दिनुभएको छ ।

रसुवा जिल्लाको कालिका गाउँपालिकाको कालिका हिमालय उच्च माविमा भएको सम्मेलनको अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव सुजिता शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रिय सदस्य ज्वाला शाह र संविधनसभा सदस्य पेम्बा लामाको पनि उपस्थित रहेको थियो।


   
अनेम संघ रसुवाको अध्यक्षमा अम्बिका पौडेल,उपाध्यक्षमा दोर्जे डोल्मा र दावा बुट्टी तामाङ  र सचिवमा प्रतिमा लामा मनोनित भई जम्मा १५१ जनाको कमिटी गठन गरिएको छ। जसमध्ये आमाछोडिङमो गाउँपालिकाबाट प्रतिमा घले , सीता तामाङ्ग,निर्मल तामाङ्ग, फूर्पु ग्यामलो घले, सुनमया तामाङ्ग,नोर्साङ घले, एलित तामाङ्ग,मुना तामाङ्ग, सम्झना तामाङ्ग, मञ्जु तामाङ्ग, दावा तामाङ्ग, लहराङ मेन्दो तामाङ्ग, सोनाम तामाङ्ग, माया तामाङ्ग,याङजेन् तामाङ्ग, सुशील तामाङ्ग, सुपिन तामाङ्ग, गेन्सी तामाङ्ग गरी आमाछोडिङमो गापामा  जम्मा १९ जाना मनोनित भएको नेकपा (एमाले) जिल्ला सदस्य फूर्पु सिंगी तामाङ्गले जानकारी दिनुभयो।

(तामाङ्ग सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुनुहुन्छ)
 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : २० बजे