देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 राष्ट्र बैंकले आज पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजरु पाँच अर्ब २० करोड बराबरको टे«जरी बिल विक्री गर्ने भएको छ । 

केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रियामार्फत टे«जरी बिल विक्री गर्न लागेको जनाएको छ । सूचना अनुसार रु २० करोड बराबरको टे«जरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । 

सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ । यस्तै रु पाँच अर्ब बराबरको टे«जरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि गत चैत ३० गते रु २० अर्ब २५ करोड बराबरको टे«जरी बिल विक्री गरेको थियो । 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ५४ बजे